सबै सवारी रोक्दै ‘इन्काउन्टर’मा पुलिसले यसरी मारेको थियो ‘मोस्टवान्टेड’ दुबेलाई

काठमाडौं । आठ प्रहरीको हत्याका मास्टरमाइन्ड विकास दुबे इन्काउन्टरमा मारिएका छन् ।

इन्काउन्टरमा गम्भीर घाईते भएका विकास दुबेको उपचारका लागि अस्पताल पुर्याउँदा अस्पतालले उनलाई मृतक घोषणा गरेको थियो ।

इन्काउन्टरमा अन्य चार प्रहरी घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरका एसएसपी दिनेश कुमारले इन्काउन्टरमा उनी मारिएको पुष्टि गरेका हुन् ।

एसएसपी दिनेश कुमारका अनुसार गाडी एक्सीडेन्ट भएपछि भाग्ने क्रममा प्रहरीको हतियार खोसेर फायरिङ शुरु गरेको र दुबेलाई आत्मसमर्पण गर्न आग्रह गरे पनि नमाने पछि जवाफी फायरिङमा उनको मृत्यु भएको हो ।

दुबेको टाउको र कम्मरमा गोली लागेको बताइएको छ । तर यो बीचमा दुबेलाई इन्काउन्टर गर्न भन्दै प्रहरीले उक्त सडकमा अन्य गाडी पहिल्यै देखि रोकेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमले मिडियाहरुको गाडी रोकेर अगाडि बढेको पुलिसको गाडी केहि समय अगाडि गएर दुर्घटना भएको बताएका छन् ।

साथै मिडियाहरुको गाडी रोकेर अगाडि गएको पुलिसको गाडी केहि समय अगाडि पुगेर दुर्घटना भएको र त्यहीँ इन्काउण्टर भएको बताइएको छ ।

शुक्रवार विहान लगभग ६ बजेर ३२ मिनेटमा कानपुरमा एसटीएफको टीम विकास दुबेलाई लिएर इन्ट्री गरेको थियो ।

मिडियाका गाडीहरुलाई समेत सडक जाम गरेर रोकेपछि प्रहरीले दुबेलाई अगाडि बढाएको थियो । दुबेको ७ बजेर १२ मिनेटमा इन्काउन्टर भएको थियो ।

एजेन्सीको सहयोगमा

आठ जना प्रहरीको हत्या गर्ने ‘मोस्टवान्टेड’ विकास दुबेको प्रहरी ईन्काउन्टरमा मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?