आफ्नो शरीरको मासु आफै खाने यी अचम्मका बच्चा

काठमाडौं । दुनियाँमा मानिसहरुको आ–आफ्नै विशेषता हुन्छन् । सबैका छुट्टाछुट्टै स्वभाव हुन्छन् । कोही भने रोगको कारण आश्चर्य लाग्दो हर्कत गर्छन् । त्यस्तै एउटा बच्चाको पछिल्लो समयमा निकै चर्चा भएको छ । बच्चाले आफ्नो मासु आफै खाने गर्छन् ।

डेवी नामका बच्चालाई ‘लिच न्याहन सिन्ड्रोम ’ रोग लागेकोले अनौठो हर्कत देखाउने गर्छन् । उनले आफ्नो शरीरको मासु खान्छन् । उनले आफै आफ्नो ओठ, जिब्रो र हात टोक्ने काम गर्छन् । जसले आफैलाई हानी पुर्‍याछन् ।

उनको नजिक जाने जो कसैलाई पनि टोक्ने गर्छन् । उनको हात मुखसम्म नजाओस् भनेर अभिभावकले हातलाई नै बाँधिदिएका छन् । उनको आमा बुबाले २४ घण्टा समय दिदै आएका छन् । हाल भने उनलाई विद्यालय पठाउन थालेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?