काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् । आइजिपी क्षेत्रीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । एआइजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस् : नवनियुक्त आईजीपी क्षेत्रीले लगाए दर्ज्यानी चिन्ह
शैलेश थापा क्षेत्री नेपालका २८ औँ प्रहरी महानिरीक्षक (आईजीपी) हुन् । उनी २२ महिना आइजिपी पदमा रहनेछन् ।
यो पनि पढ्नुहोस् : को हुन् नवनियुक्त आईजीपी क्षेत्री ? यस्तो छ उनको विगत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया