काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
शैलेश थापा क्षेत्री नेपालका २८ औँ प्रहरी महानिरीक्षक (आईजीपी) हुन् ।

सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ ।
बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।
यो पनि पढ्नुहोस् : को हुन् नवनियुक्त आईजीपी क्षेत्री ? यस्तो छ उनको विगत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया