तीन चितुवासँगै सुत्छन् यी व्यक्ति (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन नै नयाँ नयाँ रमाइला भिडियोहरु आईरहेका हुन्छन् ।

अहिले भने सामाजिक सञ्जालमा एक व्यक्ति तीन वटा चितुवालाई साथमा लिएर सुतिरहेको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एक व्यक्ति तीन चितुवालाई अंगालो हालेर सुतिरहेको देख्न सकिन्छ ।

यो भिडियो भारतीय वन विभागका अधिकारी सुशान्त नन्दाले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

मानिसहरु यो भिडियो हेरेपछि चितुवासँग कसरी सुत्न सक्छ भन्ने प्रश्नहरु कमेन्टमा आईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?