कोरोनाबाट बच्न एक व्यक्तिले बनाए कोभिड अम्ब्रेला (भिडियोसहित)

काठमाडौं । अहिले कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गईरहेको छ । मानिसहरु कोरोनाबाट बच्नको लागि विभिन्न उपायहरु अपनाईरहेका छन् ।

वैज्ञानिक तथा डाक्टरहरु यस विरुद्धको औषधि बनाउन अहोरात्र खटिएका छन् ।

कोरोनाबाट बच्नको लागि अहिलेसम्मकै राम्रो उपाय भनेको सोसल डिस्टेन्सिङ र मास्कको प्रयोग नै हो ।

यसैबीच अहिले सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा कोरोनाबाट बच्नको लागि एक व्यक्तिले कोभिड अम्ब्रेला बनाएर ओढेका छन् । यो भिडियो हर्ष गोयनका नामको ट्वीटर अकाउण्टबाट शेयर भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?