काठमाडौं । नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
हाल कोरोना संक्रमित नभएका ५ जिल्ला
- धनकुटा
- भोजपुर
- सोलुखुम्बु
- मुस्ताङ
- हुम्ला
त्यस्तै, नेपालमा आज (बुधवार) थप २५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।
नेपालमा हिजो (मंगलवार) २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो पनि पढ्नुहोस् : नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त, डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय नाघ्यो
काठमाडौंमा बढ्दै कोरोना संक्रमणको जोखिम, एकैदिन थपिए १६ संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया