काठमाडौं । बुधवार काठमाडौंमा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ६ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा ३ जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ ।
मंगलवार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने काठमाडौंमा मात्र थप १४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै सोमवार काठमाडौं उपत्यकामा एकैपटक ५४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै आज ललितपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा आज (बुधवार) थप २५५ जनामा कोरोना भाईरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।
नेपालमा हिजो (मंगलवार) २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया