लकडाउनमा ब्वाईफ्रेण्ड भेट्न गईन् युवती, तीन महिना पछि फर्किंदा भयो यस्तो

काठमाडौं । लकडाउनमा फसेका मानिसहरु अहिले आ आफ्नो घरमा पुगेका छन् ।

यसैबीच लकडाउनमा आफ्नो प्रेमीलाई भेट्न गएकी फ्रान्सकी एक महिला आफ्नो घर बन्द गरेर प्रेमीलाई भेट्न गइन् ।

जब लकडाउन सकिएपछि उनी घर फर्किइन् तब घरमा अनौठो घटना भईरहेको देखियो । उनी तीन महिना पछि लकडाउन सकिएपछि घर फर्किएकी थिइन् ।

जब उनी घर फर्किइन्, तब घरमा एउटा दृश्यले उनलार्य नै अचम्मित बनायो । घरको किचनमा देखिएको उक्त दृश्यले उनी डरले चिच्याइन् ।

उनले किचनमा एक गुलाफी रङको जरा आकारको दृश्य देखिन् । त्यो जरा आकारको दृश्य अरु केहि थिएन, आलुको जरा थियो । जो एलियन ट्री जस्तो देखिएको थियो ।

उक्त दृश्य पछि उनले छिमेकीहरुलाई बोलाइन् । र त्यहाँ गएर हेर्दा उक्त आकार आलुबाट उम्रिएको जरा रहेछ । उक्त महिलाको नाम डोना परी रहेको छ ।

उनी २२ वर्षकी रहेको बताइएको छ । यनले यो फोटो आफ्नो ट्वीटरमा शेयर गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?