‘गो ब्याक चीन’ भन्दै आन्दोलनमा उत्रिए नेविसंघका विद्यार्थी, चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग गरेको भेटवार्ता मर्यादाविपरीत भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

नेविसंघका कार्यकर्ताहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका छन् । नेकपाभित्र चर्को विवाद भइरहेको बेला यान्छीले नेताहरुलाई घरमै गएर भेटेपछि विरोध प्रदर्शन शुरु भएको हो ।

 

 

 

मंगलवार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटघाट भएको छ । आजै (मंगलबार) बिहान खनाल निवास डल्लुमा दुई जनाबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवादकाबीच नेकपाका नेताहरुसँगको उनको भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

राजदूत यान्छीले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको स्रोतको दावी छ । यसरी राजदूत यान्छीको भेटघाट बढ्नुले नेकपाभित्रको आन्तरिक मामिलामा चीनको चासो रहेको भन्ने बुझिन्छ ।

त्यस्तै, राजदूत यान्छीले हिजो (सोमबार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता गरेका थिए ।

यो पनि पढ्नुहोस् : नेकपा नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
                         नेकपा विवादमा चीनको चासो, राजदूत यान्छी र खनालबीच भेटघाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?