नेकपा नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

सत्तारुढ नेकपाभित्र विवाद चर्किएर पार्टी फूटको संघारमा पुगेका बेला राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाका विदेश विभाग प्रमुख नेता नेपाल अहिले प्रचण्डसँग ‘मिलेका’ छन् । उनीहरुबीच के कुराकानी भयो भन्ने विषयमा भने खुलाईएको छैन ।

आइतबार साँझ राजदूत होउ नेता नेपालकै निवास कोटेश्वर पुगेकी थिइन् ।

यद्यपि चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो राखेको बताइएको छ ।

गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटवार्ता गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?