५ सय भन्दा बढी कोरोना संक्रमित भएका यी ११ जिल्ला

काठमाडौं । नेपालमा आज (शनिवार) एकैपटक २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

  यो पनि पढ्नुहोस्  : नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४ पुग्यो

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ११ जिल्ला

  • महोत्तरी
  • रौतहट
  • सर्लाही
  • कपिलवस्तु
  • पाल्पा
  • दैलेख
  • कैलाली
  • अछाम
  • डोटी
  • बाजुरा

यो पनि पढ्नुहोस्  : नेपालमा थप २ सय ७२ जना कोरोना संक्रमण मुक्त, ३४ पुगे मृतक

                           बितेको २४ घण्टामा २४१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?