काठमाडौं । नेपालमा थप २ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ४ सय १५ जना रहेका छन् ।
आज थप २ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा आज (शनिवार) एकैपटक २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २४१ पुगेको छ ।
बितेको २४ घण्टामा २४१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुग्यो
नेपालमा आज (शनिवार) एकैपटक २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ६ हजार ४१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हिजो (शुक्रवार) एकैपटक ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४ पुग्यो
नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा गोरखा पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुष रहेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया