११ वर्षीया बालिका मृतावस्थामा फेला, अघोरी बाबा बलात्कार आशंकामा कुटीबाटै नियन्त्रणमा

काठमाडौं । धनुषामा दुई दिनदेखि बेपत्ता ११ वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर-२१ स्थित कुर्थाकी ११ वर्षीया बालिका कञ्चनकुमारी पञ्जियार आज (शुक्रबार) बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् ।

अस्ती बुधबार दिउँसो भैँसी चराउन गएकी कञ्चन राति अबेरसम्म पनि घर नआउँदा परिवारले खोजी गरेका थिए । आफन्तकहाँ भोज भएकोले त्यतै गइन् की ! भनेर परिवारले खोज खवर गरे । रातभरी खोजी गर्दा पनि नभेटिएपछि उनको परिवारले बिहीबार बिहानै प्रहरीमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक एस पी रमेश बस्नेतले लोकपथलाई बताए ।

उनको शव घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा फेला परेको छ । उनी बुधवार बिहान ११ः०० बजे भैँसी चराउन घरबाट निस्केकी थिइन् । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । क्राईम सिन हेर्दा त्यस्तै देखिन्छ सत्य तथ्य बाहिर ल्याउन अनुसन्धान भइरहेको छ प्रहरी अधिकारी भन्छन्- अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिसकिएको छ । बालिकाको शव भेटिएपछि प्रहरीले उक्त स्थानलाई सिल गरेको छ ।

साथै, प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घटनास्थल भन्दा १५० मिटर पर अघोरी बाबाको कुटि रहेको र अनुसन्धानका लागि नियन्त्रणमा लिएको बस्नेतले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : १० वर्षीया बालिका मृतावस्थामा फेला, बलात्कारपछि हत्या भएको आशंका

  • साङ्केतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?