काठमाडौं – नेपालमा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना कैलालीका कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ। नेपालमा कोरोना संक्रमण पहिलोपल्ट पुष्टि भएको दिनबाट ५ महिना पूरा भएको छ ।
शनिबार रसुवा जिल्ला सम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको हो । आज शनिबार पहिलोपल्ट बाग्मती प्रदेशको रसुवा जिल्लामा संक्रमण फैलिएको हो ।
यस्तै शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमध्ये १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् । शनिबार १ सय ३६ गरी आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
कहाँ कति थपिए संक्रमित ?
कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : उदयपुरका ३ जना महिला र ४ जना पुरुष,इलामका ५ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका १ जना महिला र १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ३ जना पुरुष,महोत्तरीका १ जना महिला र २९ जना पुरुष
नारायणी अस्पताल वीरगञ्जमा गरिएको परिक्षणमा : पर्साका १ जना महिला र १ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका १ जना महिला र १२ जना पुरुष, अर्घाखाँचीका १६ जना पुरुष, बैतडीका ६ जना महिला र १८ जना पुरुष, बझाङका ४ जना पुरुष, बाजुराका १ जना महिला र ३ जना पुरुष, बाराका १ महिला र ७ जना पुरुष, डडेल्धुराका २ जना महिला र ६ जना पुरुष, धादिङका ३ जना पुरुष, डोटीका १५ जना महिला र ३१ जना पुरुष, गुल्मीका २ जना महिला र ५ जना पुरुष, जाजरकोटका १ जना पुरुष, कैलालीका २ जना महिला र ६ जना पुरुष, कञ्चनपुरका ३ जना पुरुष, कपिलवस्तुका १ जना पुरुष, पर्साका १ जना पुरुष, रसुवाका ८ जना महिला र १ जना पुरुष, रौतहटका ३ जना महिला र ३१ जना पुरुष, सल्यानका १३ जना पुरुष, सर्लाहीका ६ जना पुरुष र स्याङजाका ५ जना पुरुष
भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा : चितवनका २ जना पुरुष
किटजन्य अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : नुवाकोटको ६ जना पुरुष, मकवापुरका २ जना पुरुष
धुलिखेल अस्पताल धुलिखेल प्रयोगशालामा गरिएको परिक्षणमा : बाराका १ जना महिला र ३ जना पुरुष
पाटन अस्पताल गरिएको परिक्षणमा : पाँचथरका १ जना महिला,काठमाडौंका १ जना महिला र ३ जना पुरुष,भक्तपुरका १ जना पुरुष
वीर अस्पताल प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा : बझाङको १ जना महिला र ३ जना पुरुष र डोटीका २ जना पुरुष
त्रिवी विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : बाजुराका ३२ महिला र ५० पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : नवलपरासी पूर्वका १ जना महिला र १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका ८ जना पुरुष,स्याङजाका ६ जना महिला र १५ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : अर्घाखाँचीका १ जना महिला र १ जना पुरुष, पाल्पाका २ जना महिला र २४ जना पुरुष, प्यूठानका ३ जना महिला र ४६ पुरुष, रुपन्देहीका ३ जना महिला र ५ जना पुरुष
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : बाँकेका २ जना पुरुष,बर्दिया १ जना महिला र ३ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान दाङ प्रयोगशालामा गरिएको परिक्षणमा : दाङका ३ जना महिला र २८ जना पुरुष,कपिलवस्तुका २ जना महिला र ५ जना पुरुष र रोल्पाका १ जना महिला
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : सुर्खेतका १ महिला र ६ जना पुरुष
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : बैतडीका १ जना महिला र १ जना पुरुष,डोटीका २५ जना महिला, कैलालीका ५ जना महिला र १ जना पुरुष र कञ्चनपुरका २ जना पुरुष
कति भयो परीक्षण ?
शनिबार रियल टाईम पीसीआर ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी आजसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ ।
कति छन् क्वारेन्टाईनमा
अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै देशका विभिनन अस्पतालमा ९ हजार ४ सय ४७ जना उपचाररत रहेका छन् ।
‘कोरोना रिमुभिङ कार्ड’ बारे बोल्यो स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भिर असर गर्ने बताएको छ ।
कोरोना संक्रमण रोक्न/नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भिर असर गर्ने बताएका हुन्। उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सहभागि नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषय प्रति संकेत गर्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रकृया सुरु नभएको भन्दै थपे ‘‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन ।
यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन । यदि यस्तो भएको भए संसारभरी नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधिहरु प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्नेछ ।’’
संकटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवसर पर्खिने गरेको उनले बताए। भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।
नेकपा स्थायी समिति सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमा समेत सो कुराको चर्को आलोचना भइरहेको छ ।
डा. जागेश्वर गौतम, प्रवक्ता, स्वास्थ्य मन्त्रालय ले भनेको कुरा जस्ताको तस्तै :
हाम्रो अनुरोध छ
विश्वव्यापी कोभिड१९ महामारीको सन्र्दभमा विभिन्न भ्रमहरु फैलाउने क्रमहरु देखिँदै आएको छ । यो रोग विश्वव्यापी रुपमै नयाँ रोग हो । यसको रोकथाम र नियन्त्रणका उपायहरुको बारेमा धेरै वैज्ञानिकहरु र चिकित्सकहरु रातदिन अध्ययन अनुसन्धान गरिरहेका छन् । ती खोजबाट कुनै पनि नयाँ कुराहरु पत्ता लाग्ने बित्तिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी हुने खालका विज्ञहरुको सम्यन्त्र हामीसँग छ । यसै अनुसार हामीले सर्वसाधारणलाई जानकारी गराउने र हामीले गरिरहेका प्रतिकार्यको कार्यहरुमा सुधार गर्दै लगिरहेका छाँै । तर पनि बेला बेलामा विभिन्न व्यक्ति वा समुहहरुको नियत स्वार्थका कारण विभिन्न भ्रमहरु सिर्जना गर्ने गराउने र त्यसैलाई फैलाउने क्रम यथावत् नै छ । यस किसिमका भ्रमहरु सुन्ने बित्तिकै मन्त्रालयलाई समयमै जानकारी गराउन सम्पुर्ण सचेत नेपालीहरुलाई मन्त्रालय धन्यवाद ज्ञापन गर्दछ र यस किसिमका सुझाव प्रतिकार्यहरु सधै अपेक्षा गर्दछ । हाल मात्र भाइरस रिभुबिङ कार्ड पत्ता लागेको र यो घाटीमा झुण्डाएमा कोभिड रोग लाग्दै भन्ने भ्रम सिर्जना भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस किसिमको कुनै पनि कार्ड हाल सम्म पत्ता लागेको छैन । यस किसिमको विधि र प्रक्रिया नै सुरु नभएको व्यहोरा समेत सबैमा अनुरोध छ । यस्तो विधि भएको भए आज संसारभर यति धेरै कठिनाइ हुदैन थियो होला । यस किसिमका विधिहरुको खाँचो सबैलाई छ तर प्रभावकारी तरिका छैनन् । यस्ता विधिहरु पाइएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भइ प्रक्रिया अनुसार नै सरकारले आफँै उपलब्ध गराउने गरी अगाडि बढ्ने छ । हामीले बुझ्नु पर्ने कुरा के हो भने देखि समस्या भएका बेलामा समाजमा भएका विभिन्न व्यक्तिहरुले आफ्ना लागि अवसर खोज्ने गर्दछ । तर हामीले बिर्सनै नहुने कुरा के हो भने देखि समस्याको जोखिम ल्याउदा यही समाजमा भएका हामी कसैलाई छोड्दैन । भाइरस रिमुभिङ कार्डका नामले कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने तथा व्यापार गर्ने प्रयोजनका लागि बजारमा उपलब्ध गराउने गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन पनि मन्त्रालयले आग्रह गर्दछ । ‘बरु कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भिर असर गर्ने बताईएको छ ।
यो पनि पढ्नुहोस् :
नेपालको ७७ जिल्ला र सातै प्रदेशमा फैलियो कोरोना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया