अब ‘फेयर एन्ड लभ्ली’ बाट ‘फेयर’ शब्द हट्दैछ, कम्पनीले दियो यस्तो जवाफ

काठमाडौं – ‘फेयर एन्ड लभ्ली’ को नाम नसुन्ने कमै होलान् । ४५ वर्ष पुरानो भारतको युनिलिभर (UL) का उत्पादनले विश्वका धेरै देशमा आफ्नो प्रभूत्व जमाएको छ,’फेयर एन्ड लभ्ली’ प्रोडक्ट मार्फत्। विश्वमा नै चर्चित यस कम्पनीले एउटा नयाँ घोषणा गरेको छ ।

हिन्दुस्तान युनिलिभरले आफ्नो चर्चित ब्रान्ड ‘फेयर एन्ड लभ्ली’ को नाम परिवर्तन गर्ने भएको हो । कम्पनिले विज्ञप्ती जारी गर्दै गरेको यो घोषणालाई धेरैले रंगभेदी आन्दोलनको प्रभावका रुपमा बुझेका भारतीय सञ्चारमाध्यम एनडिटीभिले जनाएको छ ।

अमेरिकामा अश्वेत समुदायका ४६ वर्षिय जर्ज फ्लोयडको श्वेत प्रहरीले ८ मिनेटसम्म घाँटीमा थिचेपछि उनको मृत्यु भएको घटनापछि विश्वभर रंगभेदविरुद्ध आवाज उठिरहेको बेला युनिलिभरले यस्तो कदम चाल्न लागेको हो ।

भारतमा पनि ‘फेयरनेस क्रिम’ हरुको विज्ञापनले रंगभेदलाई प्रोत्साहन गरिरहेको आरोप लाग्दै आएको छ। क्रिसको प्रयोगबाट ७ दिन मा नै गोरो हुने जस्ता विज्ञापनको पहिलादेखि नै विरोध हुँदै आइरहेको थियो। त्यतिमात्रै होईन त्यहाँ दण्ड जरीवानाको कुरा पनि उठिरहेको छ ।

फेयर, ह्वाइट र लाइट शब्दले सौन्दर्यतालाई परिभाषित गर्नु उचित होइन। हामी अब त्यसलाई सम्बोधन गर्न चाहन्छौं।’ कम्पनीले एक विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ। ‘कम्पनीले नयाँ नाम राख्नको लागि सम्बन्धित निकायसँग रेगुलेटरी स्वीकृति मागेको छ।’
गत वर्ष भारतमा मात्रै यस कम्पनीको क्रिमले साढे ३ हजार करोडको व्यापार गरेको थियो।  युनिलिभरको ‘फेयर एन्ड लभ्ली’ ब्राण्डले दक्षिण एशियाको बजारमा प्रभुत्व जमाएको छ।

Woman holding a 'Fair & Lovely' brand product

अब बजारमा जाने क्रिमका बट्टामा विशेषत एशियामा बेचिने उत्पादनहरूमा (ह्वाईटेनिङ र लाईटेनिङ ) ‘सेतो पार्ने’ वा ‘उज्यालो पार्ने’ भन्ने शब्द पनि हटाईनेछ । बिबिसीले लेखेको छ, पहिलो, कालोविरोधी भावनालाई बढावा दिने किसीमका अक्षर र शब्दहरु हटाउन यस कम्पनिलाई बितेको एक सातामा १८ हजार हस्ताक्षर संकलन गरि बुझाईएको थियो ।

दोस्रो, यो क्रिमका प्रोडक्टका शब्दावलीले हामीलाई यस्तो महशुस गराउँछ । हो हामीमा केहि गडबडी छ । सुन्दर हुन यो प्रयोग गर्नैपर्छ । हामी आफूमात्रै केही होईनौँ ।

यो पनि पढ्नुहोस् :

गोरी बनाउने भन्दै क्रिमको विज्ञापन गरे ५० लाख जरिवाना, ५ वर्षसम्मको जेल सजाय ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?