‘४० लाख परेको छ’ भनि म्यासेज पठाएर करोडौँ ठग्ने गिरोह पर्‍यो प्रहरी फन्दामा

काठमाडौं – भाईबर ह्वाट्स एप, ईमो जस्ता सोसल मिडियाहरूको दुरूपयोग गरी अनलाईनको माध्यमबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ‘४० लाख परेको छ’ भनी प्रलोभन पारी नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न गिरोहहरूलाई नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाएको जनाएको छ ।

यी हुन् पक्राउ परेका व्यक्तिहरू
१. नामः पुकार बर्मा, २४ वर्ष
ठेगानाः झापा,भद्रपुर नगरपालिका हाल काठमाडौं वडा नं २१ कोहिटी

२. नामः नविन भण्डारी, २२वर्ष
ठेगानाः काभ्रे, सिम्थली गा वि स वडा नं ०२ हाल काठमाडौं टेकु

३. नामः आकास अग्रवाल, १९ वर्ष
ठेगानाः रौतहट, गौर नगरपालिका वडा नं १ हाल काठमाडौं छाउनी

४. नामः एमडी सर्फराज, २२ वर्ष
ठेगानाः सेनवरिया, पश्चिमी चम्पारण विहार, भारत, हाल काठमाडौं टंकेश्वर

५. नामः एस अग्रवाल, १८ वर्ष
ठेगानाः रौतहट, गौर नगरपालिका वडा नं १ हाल काठमाडौं छाउनी

६. नामः कृष्ण प्रसाद साह, ३० वर्ष
ठेगानाः पर्सा, विरगंज  महानगरपालिका वडा नं २९

७. नामः सुनिल साह, २० वर्ष
ठेगानाः पर्सा, विरगंज महानगरपालिका  वडा नं ३२

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरूः
नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट लाखौं रकम ठगी गरी पिडित बनाएको ।
पिडित व्यक्तिआफू ठगिएको थाहा पाए पश्चातः मानसिक रूपमा विच्छिप्त हुने गरेको ।
पिडित व्यक्तिले चिठ्ठा प्राप्त गर्ने आशामा आफ्नो घरजग्गा समेत धितो राखि घरबार विहिन भएको ।
ठगी गर्ने कार्यमा भारतिय गिरोह समेतको संलग्नता रहेको देखिन आएको ।
करोड भन्दा बढि रकम ठगहरूले लिईसकेको ।

यस प्रकारका गतिविधी भईरहेको थाहा पाएको प्रहरीले एक सूचना जारी गर्दै सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको थियो ।
यो समाचार पढ्नुहोस् : 

अपरिचितले बधाई दिँदै तपाईँको बैंक खाता माग्यो ?  होस गर्नुस् है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?