त्रिशुली अस्पतालको आइसोलेसनबाट हालसम्म २७ बिरामीले सेवा लिए

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा सञ्चालन गरिएको २० शैयाको कोभिड १९ आइसोलेसन सेन्टर मार्फत हालसम्म २७ जना बिरामीले सेवा लिएका छन् । गत चैत १७ गतेदेखि सञ्चालनमा आएको उक्त सेन्टरमा भर्ना भएका १० जना मध्ये ७ जना उपचारपछि निको भएर घर फकिसकेको अस्तालले जनाएको छ ।

अस्पतालका अनुसार बाँकी ३ जना र आज थपिएका १ कोरोना संक्रमित हाल आइसोलेनस वाडमा उपचाररत रहेका छन् । उ

पचाररत चारै जनाको अवस्था स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा रेम कुमार राईले जानकारी दिए ।

यो पनि

नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?