नायिका वर्षा शिवाकोटीले लेखिन् – ‘म स्वयम् यसको पीडित हुँ’

काठमाडौं – नायिका वर्षा शिवाकोटीले मन छुने स्टाटस लेखेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस राख्दै नेपोटिजम अर्थात् नातावाद सबैतिर हुने भन्दै सिने नगरीमा यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ भनेर मात्रै यो विषयमा बहस नभएको उल्लेख गरेकी छिन् ।

गत बर्ष पनि आफूले नाताबादको विषयमा यो कुरा उठाएको उल्लेख गर्दै उनले ‘आगामी दिनमा काम पाउन मुस्किल हुनेसम्मको भएका कारण पनि यो कुरा बाहिर नआएको होला’ भन्ने ठम्याई व्यक्त गरेकी छिन् । उनले स्टाटसमा नेपाली फिल्म उद्योगका कुराहरु जानकारी गराउँदै उनले लेखेकी छिन् :
‘म स्वयम् यसको पिडीत हुँ। यहाँ नामका कारण पाइलै पिच्छे तुलना तुलना हुन्छ । मैले जति नै राम्रो,फरक काम गरे पनि प्रश्न उठाइन्छ ।’

नेपाली सिने नगरीम उनीसँग नाम मिल्ने अर्की नायिका छिन् वर्षा राउत ।

उनले ‘अपजस’ पाउने काम गरिहालेमा नाम मिलेका कारण वर्षा शिवाकोटीले पनि गाली र अपजस भोग्नुपर्छ ।

यो कुरा उनै वर्षाले यसअघि वर्षा राउतले राष्ट्रियताको सवालमा बोलेको कमजोर किसीमको अभिव्यक्ति पछि उनलाई आएका ‘अपजस’ तर्फ संकेत गर्दै स्टाटस हालेकी थिईन् – ‘नमस्कार म वर्षा शिवाकोटी कमेन्ट गर्नुपहिले नाम र थर हेरीदिनुहोला’ भनेर ।  

यी दुई नायिकाको फिल्म सँगै प्रर्दशनमा आउँदा पनि दुईलाई तुलना गरेर विभिन्न ट्रोल बनाइएका थिए ।

हेर्नुहोस् वर्षा शिवाकोटीले लेखको स्टाटस : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?