काठमाडौं- लकडाउनको समय लम्बिएको र कोरोना संक्रमण पनि नियन्त्रणमा नआएको भन्दै सरकारको तिव्र आलोचना हुन थालेपछि अन्तत: गत वर्ष चैत्र ११ गतेदेखी जारी गरीएको लकडाउन आगामी असार १ गतेबाट चरणबद्ध रुपमा खुकुलो गर्न लागिएको छ । तर यतिबेला देशका ७ वटा प्रदेशमध्ये भारतसँग सीमा जोडिएको प्रदेश २ कोरोनाको कारण हायलकायल परेको छ । संक्रमितको संख्या उच्च रुपमा बृद्धि भइरहेको छ ।
प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने १ हजार ६ सय ७१ जना संक्रमित छन् ।
प्रदेश ५ मा १२ वटा जिल्लामा संक्रमण देखिएको छ भने १ हजार ३ सय ९९ जना संक्रमित छन् । संक्रमणको हिसाबले यस प्रदेशमा २ नम्बर पछि सबैभनदा धेरै प्रभाव परेको छ ।
कर्णाली प्रदेशका ९ जिल्लामा संक्रमण देखिएको छ । कुल ७ सय ५९ जना संक्रमित भएका छन् ।
वाग्मती प्रदेशमा १२ वटा जिल्लामा संक्रमण फैलिएको छ भने १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा ९ वटा जिल्लामा संक्रमण फैलिएको छ भने १ सय ४७ जना मा कोरोना संक्रमण देखिएको छ ।
र सुदूरपश्चिम प्रदेशमा ९ जिल्लामा यो संक्रमण फैलिएको छ । यहाँका कुल १ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा आज (बिहीवार) एकैपटक २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये २३० जना पुरुष र २० जना महिला छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । कुल संक्रमितमध्ये ४२८५ जना पुरुष र ३२९ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक २५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार आज भेटिएका कोरोना संक्तमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु भएकाको कुल संख्या १५ रहेको छ भने स्वास्थ्योपचार पछि निको भएकाको संख्या ८६१ पुगेको छ ।
आज थप १८७ जना उपचारपछि निको भएर घर फर्केका छन् । जसमध्ये ८ जना महिला र १ सय ७९ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न स्थानबाट भरीएका स्वमूल्याकंन फारमको आधारमा जम्मा ४ सय ९२ जना रेड जोनमा परेका छन् । आज काठमाडौंका १ जना ‘रेड जोनमा’ परेका छन् । हालसम्म नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । नेपालमा हिजो (बुधवार) एकैपटक २७९ जनामा संक्रमण पुष्टि भएको थियो ।
कहाँका हुन् थपिएका संक्रमित ?
विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ ।
यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनामा संक्रमण देखिएको छ ।
कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए ।
सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको छ ।
अहिले देशभरीका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् ।
देशभरी १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।
संक्रमित र मृतक थपिनुको मुख्य कारणहरु यस्ता :
-परीक्षणको दायरा आवश्यक नबढाईनु
-खुल्ला सिमाना
-क्वारेन्टाईन व्यवस्थित नहुनु
-पहुँचका आधारमा पास वितरण पासको दुरुपयोग गरी हिँडडुल
-लकडाउन लम्ब्याईन् तर यो समयमा खास योजना र प्रभावकारी काम नहुनु
जनचेतनाको कमी, अपर्याप्त ज्ञान
यो पनि पढ्नुहोस् :
कोरोनाबाट मृतक व्यक्तिको शव हप्ता दिनपछि घरमा सडेको अवस्थामा भेटियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया