काठमाडौं – जेठ ३२ सम्म जारी लकडाउनको आगामी रणनीतिबारे छलफल गर्नको लागि बसेको मन्त्रिपरिषद् बैठकले पसल सञ्चालन गर्ने र निजी गाडी जोर बिजोर नम्बर प्लेटको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
उच्चस्तरीय समितीले बुझाएको मोडालिटी पास गर्दै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यो मोडालिटी भोलि बिहीबार सार्वजनिक हुनेछ ।

कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि देशभर लागू गरिएको लकडाउनका कारण नागरिकलाई चर्को समस्या पर्न थालेपछि गत साता बसेको बैठकले उच्चस्तरीय समितीलाई लकडाउनको परिमार्जित खाका उपलब्ध गराउन २ दिनको समय दिएको थियो ।
आगामी असार १ गतेबाट लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।
के छ मोडालिटीमा ? यसअघि लोकपथलाई प्राप्त मोडालिटी यस्तो छ :
लोकपथलाई प्राप्त जानकारी अनुसार उच्चस्तरीय समितीले असार १ गतेदेखी ७० दिन अर्थात् भदौ ८ गतेसम्म विभिन्न ६ चरणमा गरी लकडाउन खुकुलो बनाउने तयारी गरी ‘मोडालिटी’ बनाएको छ ।
देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन खुकुलो पार्न सम्भव नभएको बताउनु र बाहिर ‘चर्को जनदबाब परेको’ मन्त्रीहरुको रिपोर्ट सुनेका प्रधानमन्त्रीले उच्चस्तरीय समितीले लकडाउनको मोडालिटीसहितको कार्ययोजना दिनुपर्ने निर्देशन दिएका थिए ।
उक्त मोडालिटीमा असार १ पछिको २ हप्तालाई पहिलो चरण मानिएको छ । जसमा अहिलेजस्तै अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक नै लगाइनेछ ।
क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीलेको मोडालिटी अनुसार असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान सुरु गर्न प्रस्ताव गरिएको छ । पहिलो चरणमा आज शुक्रबार म्यानमारबाट र दुवईबाट पनि ल्याउन प्रक्रिया सुरु भएको छ । सावधानी अपनाएर लकडाउनलाई लुजडाउन गर्दै लैजाने प्रक्रिया आगामी असार १ गतेबाट सुरु हुनेछ ।
पहिलो चरणमा कृषि क्षेत्र खुकुलो बनाउने भनिएका क्षेत्र यस्ता छन् ।
पहिलो चरणमा दूध, अन्नबाली, तरकारी फलफूलको बिक्री वितरण, बस्तुभाउ, सम्पूर्ण कृषिजन्य उत्पादन आंशिक रूपमा खुला गरिने, दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउन दिइने ।
दोस्रो चरणमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्न सकिने मोडालिटी सीएमसीले तयार पारेको छ । उक्त चरणमा जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिइने बताईएको छ । धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, व्युटि पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णरूपमा बन्द गरिनेछ ।
तेस्रो चरणमा कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र, निजी सवारी साधन सञ्चालन गर्न सुरु गर्न सकिने सीएमसीको प्रस्ताव छ ।
सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा सञ्चालन, तेस्रो तहको कार्ययोजनामा बाह्यतर्फको हवाइ उडान र सार्वजनिक यातायात सेवा पनि सुरु गर्न सकिने सीएमसीले प्रस्ताव गरेको छ ।
चौथो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्न सकिने, बैंक तथा वित्तीय संस्था, खेलकुदसँग सम्बन्धित संस्था, अस्पतालसँग सम्बन्धी सेवा, सूचना तथा सञ्चारसँग सम्बन्धित सेवाप्रदायक संस्था, कार्यालयहरू, फेन्सी पसल, व्युटिपार्लर, कपाल काट्ने केन्द्र सैलुन आदि खोल्न दिइनेछ ।
पाँचौ चरणमा चौथो तहको मोडालिटी सफल भइसकेपछि विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू खोल्ने पाइने सीएमसीको प्रस्ताव छ । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम पनि खुल्ला गर्न सकिने प्रस्ताव छ ।
कोभिडको सङ्क्रमणको अवस्था हेरेर सुरुमा जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘प्रभावित’, ‘अतिप्रभावित’ र ‘सामान्य’ वर्गीकरण गर्न प्रस्ताव गरेको छ ।
सीएमसीले २ वटा विकल्प उपलब्ध भएको भन्दै प्रस्ताव गरेको छ ।
पहिलो विकल्प :
आशिंक लकडाउन स्वरुप– संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने र क्रमिक रुपमा खुकुलो गर्दै जाने ।
दोस्रो विकल्प :
लकडाउन रहितको स्वरुप जसमा सुरक्षा सावधानी अपनाएर लकडाउन हटाउने ।
नेपाली भान्छामा भएका बहुगुणी, सजिलै र सस्तो रुपमा प्रयोग गर्न सकिने विभिन्न मरमसलाहरुलाई उचित रुपमा प्रयोग गर्दा पनि यस्ता किसिमका भाइरसहरुलाई परास्त गर्न सकिने आयुर्वेदिक चिकित्साले भनिरहेको छ । नेपालमा लकडाउन लम्ब्यिाईरहँदा गरिबी, आत्महत्या,भोकमरी, बेरोजगारी लगायतका समस्या बढीरहेका छन् । सबै सरोकारवालाले लकडाउन खुकुलो बनाउँदै सामान्य जनजीवनमा फर्कन अनुरोध गरिरहेका छन् ।
यसअघि प्रकाशित :
‘लकडाउन’ परिमार्जन गरिँदै, असार १ गतेपछि लकडाउन खोल्ने ‘खाका’ यस्तो हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया