जहाँ लामखुट्टे पाईदैनन् !

काठमाडौं । उत्तरी एटलान्टिक महासागरमा रहेको आइसल्याण्ड विश्वको एकमात्र त्यस्तो देश हो जहाँ एउटा पनि लामखुट्टे पाईदैन् ।

तीन लाख जनसंख्या रहेको उक्त देशमा लामखुट्टे जन्मिदैन पनि ।

त्यहाँ लामखुट्टे नहुनुको कारण तापक्रममा हुने परिवर्तन नै हो । जसका कारण लामखुट्टे त्यो मौसम जीवित रहन सक्दैन । तर अब ग्लोबल वार्मिंगका कारण लामखुट्टे त्यहाँ पाइन सक्ने बताइएको छ ।

एक रिपोर्टका अनुसार वायुमण्डमा कार्बनडाइअक्साइड (Co2) को मात्रा बढ्ने भएको कारण चीसो क्षेत्रको तापमान पनि बढ्न थालेको छ । युरोपमा अब लामखुट्टे बढ्न सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?