संसारकै लामो धनियाँ उमारेर यी व्यक्तिले बनाए विश्व रेकर्ड

काठमाडौं । भारतको उत्तराखण्डस्थित रानीखेत जिल्लाका एक किसानले विश्वकै सबैभन्दा लामो धनियाँ उमारेर विश्व किर्तीमान कायम गरेका छन् ।

त्यहाँँका एक किसान गोपाल उप्रेतीले खेतमा विश्वकै लामो धनियाँ उमारेर विश्व किर्तीमानी कायम गरेका हुन् ।

उनले आफ्नो खेतमा बिना कुनै रासायनिक यति लामो धनियाँ उमारेका हुन् । यति धेरै लामो धनियाँ आजसम्म कसैले पनि उमार्न सकेको थिएन ।

उनले २.१६ मीटर लामो धनियाँ उमारेर आफ्नो ना गिनिज बुब अफ दि वर्ल्ड रेकर्डमा लेखाएका छन् ।

उनले १.८ मीटर लामो धनियाँको रेकर्ड ताड्दै किर्तीमानी हासिल गरेका हुन् । उनको नाम २१ अप्रिलमा गिनिज बुकले समावेश गराएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?