मानिसलाई जसरी नै काउकुति लाग्ने अचम्मको रुख…

काठमाडौं । रहस्यले भरिएको संसारमा हामीले अनेकन रहस्यका भण्डार भेटेका छौँ । त्यस्तै एउटा रहस्य आज हामी तपाईलाई जानकारी गराउनेछौँ । कतिपय कुरा सुन्दा हामीलाई पत्याउनै गाह्रो पर्दछ । तर वास्तविकतमा सत्य हुन्छन् ।

आज हामी तपाईलाई एउटा यस्तो रुखको बारेमा जानकारी दिँदैछाँै जसले ठ्याक्कै मानिसकै जस्तो व्यवहार झल्काउँछ ।

छिमेकी देश भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा एउटा यस्तो रुखको प्रजाति छ, जसलाई मान्छेले छुनासाथ काउँकुति लाग्छ । हामीलाई यो कुरा पत्याउन गाह्रो त छ नै तर यो सत्य हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो रुखको फेदमा औँला रगड्दा उसका हाँगाबिँगा आफैँ हल्लिन थाल्छन् । जसरी मान्छेको पेटमा छुँदा काउकुती लागेर जीउ हल्लिन्छ त्यसैगरि यसको हाँगाह हल्लिन्छन् ।

यो रुखलाई भारतमा ‘हास्ने रुख’ भनेर चिन्ने गरिन्छ । यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम रहेको छ । र रुखलाई मानिसले छुँदा किन काउँकुती लाग्छ भन्ने जान्न वैज्ञानिकहरु अनुसन्धानमा खटिएका छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?