जहाँ पैसा जोखेर किनबेच गरिन्छ …

काठमाडौं । हामी सबैले अहिलेसम्म सामानहरु नै जोखेर किनबेच गरेको देखेका होलाउँ । तर बजारमा नोटका गड्डी तौलेर बेचिन्छ भनेको सुन्दा तपाई अचम्ममा पर्नुहुनछ । पत्याउन गाह्रो छ, तर यो कुरा सत्य हो ।

विश्वमा एउटा यस्तो पनि बजार छ, जहाँ पैसाले सामान किन्ने नभई पैसा नै किन्न पाइन्छ, त्यो पनि जोखेर ।

सोमालील्याण्डमा यस्तो पैसाको हाटबजार नै लाग्ने गर्दछ । सोमालील्याण्डले आफूलाई स्वतन्त्र राज्य पनि घोषणा गरेको छ । सो राज्यको सडकमा नोटका बण्डलहरु किलोको भाउमा बिक्री हुन्छन् ।

सन् १९९१ को गृहयुद्ध पछि सोमालियबाट अलग भएको घोषणा गरेको यो देशलाई अहिलेसम्म कसैले पनि स्वतन्त्र राष्ट्रको मान्यता नदिएपनि यो स्वघोषित मुलुक गरिबीले पिरोलिएको छ । यो देशमा सरकारी व्यवस्था र रोजगारी केही पनि छैन ।

यो देशको मुद्रालाई सिलिङ भनिन्छ । तर यहाँ कुनै मूल्य नै छैन । मुद्रास्फिति यति बढेर एउटा ब्रेड किन्नका लागि पनि बोराभरी पैसा तिर्नुपर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?