फोहोर सोचेर २० लाख रुपैयाँ डस्टबिनमा फालेपछि…

काठमाडौं । दिमाग एकातिर र काम अर्कोतिर भयो भने त्यहाँबाट अर्को समस्या अवश्य निम्तिन्छ । त्यस्तै एउटा समस्या पनि भएको छ ।

चीनका एक व्यक्तिले बिर्सिएर फोहोर फ्याँक्ने भाँडोमा २० लाख रुपैयाँ फ्याँकिदिएका थिए । उनले फोहोर फाल्ने सटो पैसा फाले र फोहोर बैंक लिएर पुगे । बैंकमा पुगेर हेर्दा हातमा फोहोरको ब्याग पाइयो ।

लियाओनिङमा वाङ नामक ति व्यक्ति दुईवटा थैला बोकेर घरबाट निस्किएका थिए । एउटामा घरको फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । झुक्केर उनले फोहोरको ठाउँमा पैसाको थैलो डस्टबिनमा फालिदिएछन् ।

बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी हतारमा फोहोरको भाँडो भएको स्थानमा आए । तर त्यो बेलासम्म पैसा हराइसकेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे ।

प्रहरीले फोहोरको भाँडोनजिक रहेको सीसीटीभी क्यामरा चेक गर्यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन ।

अनि प्रहरीले वरपरका मानिसलाई सोधखोज गर्यो । सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन् र उनले प्रहरीलाई थैली बुझाइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?