एकै व्यक्तिले चिट्ठामा १८ अर्ब जितेपछि…

काठमाडौं । चिट्ठामा एकैपटक १८ अर्ब पर्यो भन्दा धेरैलाई सपना जस्तो लाग्छ । तर यो वास्तवमै बेलायतमा एक व्यक्तिलाई परेको छ ।

त्यहाँका एक व्यक्तिले झण्डै १८ अर्ब रुपैयाँ बराबरको रकम चिट्ठामा जितेका छन् ।

उनले बेलायतको द नेशनल लटरीमा टिकट खरीद गरेका थिए । सोही लटरीमा उनलाई झण्डै १८ अर्ब रुपैयाँ बराबरको चिट्ठा परेको हो ।

अन्तर्राराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नाम सार्वजनिक नगरिएका ती व्यक्ति बेलायतमा चिट्ठामा सबैभन्दा धेरै रकम जित्ने तेश्रो व्यक्ति बनेका छन् ।

यो भन्दा अघि बेलायतमै सन् २०११ मा एकजनाले २४ अर्ब रुपैयाँ बराबरको रकम चिट्ठामा हात पारेका थिए ।

सन् २०१२ मा अर्का एक जनाले २२ अर्ब रुपैयाँ बराबरको रकम चिट्ठा जितेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?