यो फोटोलाई नबनाउनुहोस् मोवाइलमा ‘वालपेपर’, नत्र बिग्रिएला फोन !

काठमाडौं । सोसल मिडयामा एक तस्वीर अहिले अत्याधिक भाइरल बनिरहेको छ । यो तस्वीर देख्दा जति मनमोहक छ, त्यो भन्दा धेरै खतरनाक पनि छ ।

तस्वीर शेयर गर्ने व्यक्तिले दाबी गरेका छन् कि, यो फोटो आफ्नो मोवाइलको वालपेपरमा नराख्नुहोस्, नत्र स्मार्टफोनले काम गर्न छोड्छ ।

यो फोटो सामाजिक सञ्जाल ट्वीटरमा Ice universe नामबाट शेयर भएको छ ।

उनले चेतावनी दिएका छन् कि,कृपया यो फोटोलाई कहिल्यै वालपेपर नबनाउनू होस् नत्र मोवाइलले काम गर्न छोडिदिन्छ, अझ विशेष त सामसुङ मोवाइल फोन प्रयोगकर्ताहरुले, यो फोटो राख्ने कोशिस न गर्नूहोस्, यदि कसैले तपाईलाई यो फोटो पठायो भने त्यसलाई इग्नोर गर्नूहोस् ।

साथै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो मोवाइलमा वालपेपर पनि बनाए, त्यसपछि मोवाइलले काम गर्न छोडिदियो ।

साथै एक अन्य प्रयोगकर्ताले भने, मैले वास्तविक फोटो वालपेपर राख्दा रङ बदलियो । मलाई यो फोटोको खेल के हो थाहा पाउनै गाह्रो पर्यो ।

एजेन्सीको सहयोगमा

https://drive.google.com/file/d/11rxzYvPcIOh_8GvS4XSC3YtbW3CecE-O/view

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?