चार वटा बिरालोले एकसाथ घेरे सर्पलाई (भिडियोसहित)

काठमाडौं । सर्प एउटा त्यस्तो जीव हो जसलाई देख्दा मात्र पनि मानिसहरु डरले काँप्छन् । तर भारतमा अहिले त्यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा हामीले देख्न सक्छौँ कि, ४ वटा बिरालोको बीचमा एउटा सर्प रहेको छ । चारैवटा बिरालोले सर्पलाई चारैतिरबाट घेरिरहेको हामीले देख्न सक्छौँ ।

चार बिरालेहरुले सर्पलाई जिस्काईरहेको हामीले भिडियोमा देख्न सक्छौँ । यो भिडियो बलिउड अभिनेता नील नितिन मुकेशले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रममा शेयर गरेका छन् ।

उनी फिल्म बाईपास सुटिङ गर्ने क्रममा यो दृश्य देखेपछि भिडियो खिचेका थिए । भिडियोमा सर्प बिरोलोहरुमाथि बारम्बार आक्रमण गर्न खोजेको देख्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

https://www.instagram.com/p/B2Zg2kSH1Eu/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?