‘स्यानिटाइज’ गर्दागर्दै बाइकमा आगो लागेपछि…

काठमाडौं । कोरोना संक्रमणबाट बच्नको लागि स्यानिटाइजेसन गर्ने गरिन्छ । तर यसमा सावधानी अपनाइएन भने कसैको ज्यान जान पनि सक्छ ।

भारतको गुजरातमा एउटा त्यस्तै घटना सार्वजनिक भएको छ । त्यहाँ गाडीमा स्यानिटाइज गर्दैगर्दा अचानक आगो लागेको छ ।

जसका कारण नजिकका मानिसहरु दंग परे । त्यहाँ रहेका अन्य मानिसहरुले आगो निभाउनको लागि तत्काल पानी हाल्न शुरु गरे ।

भारतको गुजरातस्थित अहमदावादमा यस्तो घटना भएको हो । त्यहाँको एक निजी कम्पनीको गेटमा कर्मचारीहरुले गाडीहरु स्यानिटाइज गरिरहेका थिए ।

त्यसपछि मात्र उनीहरुलाई कम्पनी भित्र गाडि लान अनुमति मिल्छ । यसै प्रक्रियामा एक कर्मचारी आफ्नो गाडीलाई स्यानिटाइज गरिरहेका थिए, अचानक त्यहि बेला बाइकमा आगो लाग्यो ।

आगो लाग्नेबित्तिकै कर्मचारी गाडी छोडेर भागे । त्यसपछि त्यहाँ रहेका गार्डहरु आगो निभाउन लागे ।

गाडी स्टार्टमै रहेको र स्यानिटाइजरमा अल्कोहलको मात्रा धेरै भएको कारणले आगो लागेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?