भगवानले दिए अनौठो उपहार, लकडाउनमा रातारात बनिन् करोडपति !

काठमाडौं । भाग्य कुन बेला कहाँ गएर बदलिन्छ कसैलाई थाहा नै हुँदैन । त्यस्तै लकडाउनमा एक महिलाको भाग्य पनि रातारात चम्किएको छ ।

अमेरिकाको ओरेगन राज्यमा बस्ने एक महिलाले लकडाउनका बेला अनलाइन चिट्ठाबाट करोडौँ रुपैयाँ जितेकी छन् ।

लकडाउनका कारण महिलाको जागिर गयो । जसका कारण उनी बेरोजगार भएर बसीरहेकी थिइन् । त्यसपछि उनले मास्क सिलाउने काम गरिन् ।

त्यसैबेला उनले अनलाइनमार्फत एक चिट्ठा किनिन् । उनले चिट्ठा किनेको केहि दिन पछि उनलाई १ लाख २७ हजार डलर चिट्ठामा पर्यो ।

अर्थात् उनले नेपाली १ करोड ५० लाख ४० हजार ८ सय रुपैयाँ हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार महिला लोर्ना हेविटले कोरोना भाइरसको महामारीका कारण महिलालाई रेष्टुरेण्टको जागिरबाट निकालिदियो ।

त्यसपछि उनले एक किराना पसलको काम गर्न थालिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?