लकडाउनबाट हैरान भएपछि ‘कार’ काटेर बनाए ‘टेम्पो’

काठमाडौं । कोरोना भाइरसको महामारीबाट बच्न अधिकांश देशहरुले पुरा देश लकडाउन गरेका छन् ।

नेपालसहित विश्वका २१३ वटा देशहरमा कोरोना भाइरसका महामारी फैलिएको छ । भारतमा पनि यसको महामारी झनै आक्रामक बन्दै गईरहेको छ ।

लकडाउनबाट हैरान भएका एक व्यक्तिले कार काटे टेम्पो बनाएका छन् । एक व्यक्तिले कार काटेर टेम्पो बनाएको र चलाएको भिडियो युट्युबमा शेयर गरेका छन् ।

भिडियोमा एक कारलाई आधा काटेर टेम्पो बनाएका छन् । साथै उनले चलाएर पनि देखाएका छन् ।

उनले आफ्नो कार मारुती ८०० लाई पहिला काट्छन् र पछाडि एउटा पाङ्ग्रो जोड्छन्, त्यसपछि टेम्पो जस्तै बनाउँछन् र गुडाउँछन् ।

अहिले सामाजिक सञ्जालमा उक्त भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?