टिकटकको कमाल, भेटिए वर्षौंदेखि हराएका बुवा !

काठमाडौं । अहिलेको यो इन्टरनेटको जमानामा टिकटक, फेसबुक, ट्वीटर, युट्युबहरुको बजार नै छुट्टै छ ।

अझ पछिल्लो समय त टिकटक र युट्युबका फ्यानहरुबीच विवाद नै भईरहेको छ । कोहि टिकटक बन्द गर्न नाराबाजी गरिरहेका छन् त कोहि युट्युब । तर अहिले साममाजक सञ्जालमा चर्चा कमाएका यी एप्स कसैका लागि वरदान साबित भएका छन् ।

यस्तै एउटा घटना भारतको तेलंगानामा पनि भएको छ । तेलंगनास्थित भद्रादी कोठागुडममा बस्ने एक व्यक्ति पञ्जावको लुधियाना शहरमा हराएर पुगे ।

५५ वर्षका ति व्यक्ति आफू घर जाने बाटो नपाएकोले त्यहिँ रहेको फ्लाईओभर भन्दा तल बस्न थाले । त्यहाँ उनीसँग अन्य मानिसहरु पनि बस्ने गर्दथे ।

एक व्यक्तिले त्यहाँ आउनुपरेको बाध्यताका बारेमा उनीसँग सोधे । तर ति व्यक्तिले केहि पनि जानकारी दिन सकेनन् ।

उनी बोल्न र सुन्न सक्दैनथिए । त्यसपछि मानिसहरुले उनलाई त्यहिँ छोडे । त्यहाँ अरुले जे दिन्थे त्यहि खाएर उनी बस्न थाले ।

दिन बिते, रात बिते, हप्ता बिते, साल बित्यो । त्यसपछि आयो कोरोना भाइरसको महामारी ।

कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भयो । त्यसपछि उनीहरुका लागि समस्या उत्पन्न हुन थाल्यो ।

उनीहरु भोकै रात कटाउन थाले । त्यसपछि एक दिन पञ्जाव पुलिसले कन्सटेबल अजैव सिंहले त्यहाँ रहेकाहरुलाई खाना खुवाउन पुगे । उनले खाना खुवाएपछि एक भिडियो बनाए र टिकटकमा हाले । भिडियो भाइरल बन्दै गयो ।

एक दिन उक्त व्यक्तिको गाउँमा बस्नेले भिडियो हेरे । उनले आफ्नो गाउँको मानिस भएको थाहा पाएपछि उनको घरपरिवारलाई यो सूचना दिए ।

त्यसपछि घरपरिवारले उनलाई आफ्नो घर लिएर आएके भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?