नेपालमा कोरोना अपडेट : मृतक ८ पुगे, संक्रमित १५ सय ६७ (कहाँ कति ? विवरणसहित)

काठमाडौं- नेपालमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्लो तीन सातादेखि नेपालमा लगातार दैनिक डेढ सय बढी संक्रमित थपिईरहेका छन् भने छोटो अवधिमा नै मृतक संख्या बढेको छ ।

हालसम्मको तथ्यांकअनुसार नेपालमा कुल संक्रमितको संख्या १५ सय ६७ (सरसठ्ठी) पुगेको छ । मृतकको संख्या ८ पुगेको छ । संक्रमितमध्ये १४ सय ५० जना पुरुष छन् भने ११७ जना महिला रहेका छन् । नेपालमा २ महिने शिशुदेखी ८४ वर्षीयासम्म संक्रमित भएका छन् । तुलनात्मक रुपमा संक्रमित र मृतकको संख्या महिला भन्दा पुरुषको बढी छ । ५६ जिल्लामा संक्रमण फैलिएको छ । हालसम्म जम्मा २२० संक्रमणपश्चात् अस्पतालमा उपचार गरेर निको भएर घर फर्केका छन् । प्रदेश २ सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ कुल संक्रमितको संख्या ६ सय २४ पुगेको छ । त्यहाँ आईसोलेसनमा मात्रै ५ सय १९ जना उपचाररत छन् । नेपालमा कुल १३४९ जना आईसोलेसनमा रहेकोमा तिमध्ये काठमाडौंमा १४ जना र बाहिरी जिल्लामा १३२५ रहेका छन् ।
स्वमूल्याकंन गर्नेको संख्या ५१ हजार ८ सय ५८ रहेको छ भने ४७० जना ‘रेड जोनमा’ परेका छन् ।  

नेपालमा आज थप ३ वटा जिल्लामा संक्रमण देखिएको छ । तनहुँमा १ जना , बाजुरामा ३ जना र सल्लयानमा २५ जनामा संक्रमण देखिएसँगै नेपालमा ५६ वटा जिल्ला र सातै प्रदेशमा संक्रमण पुष्टि भएको हो ।


यस्तो छ हालसम्मको अपडेट  : 

कोरोनाबाट नेपालमा थप २ को मृत्यु, मृतक संख्या ८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको हिजो (शनिवार) मृत्यु भएको थियो । उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए ।

क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाजुराकी २ वर्षीया बालिकाको शनिवार राति २स्३० बजे मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन् । उनलाई स्वास्थ्यमा समस्या आई जेठ १५ गते उपचारका लागि बाजुरा अस्पताल भर्ना भएकी थिइन् ।

मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन् । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षका युवक, गुल्मीका ४१ वर्षीय पुरुष, अर्घाखाँचीका ३० वर्षीय पुरुष, ललितपुरका ५७ वर्षीय पुरुष र बाराका ७० वर्षीय वृद्ध गरी ६ जनाको मृत्यु भइसकेको छ ।

एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १,५६७ पुग्यो
नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तो छ आज थपिएकाहरुको विवरण

नेपालमा आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये १ जना तनहुँ रिसिङका २८ वर्षीय पुरुष र स्याङजा गल्याङका २७ र ४० वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणको क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा पर्सा पटेरुवा सुगौलीका २२ देखी ३६ वर्ष उमेर समुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ । उनीहरु त्यँहीको स्थानीय क्वारेन्टाइनमा रहेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १३ जना कालिकोट शुभकालिकाका १९ देखि ५२ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै कालिकोटकै मबइ गाउँपालिकाका ५ जना २० देखि ४२ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै दैलेख दुल्लुका १ जना ३५ वर्षीय पुरुष रहेका छन्, दैलेखकै नारायण नगरपालिकाका ९ जना १६ देखि ४८ वर्षका पुरुषहरु, दैलेख सिम्दाका १ जना २६ वर्षीय पुरुष, दैलेखको देवलका ५ जना १८ देखि २२ वर्षीय पुरुषहरु, दैलेख रातापानीका ३८ वर्षीय पुरुष, दैलेख साधुका २२ वर्षीय पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बाजुरा जुजुनाथका ४० वर्षीय १ जना पुरुषमा संक्रमण रहेका छन् ।

बुटवलको प्रादेशीक र पशुपंक्षी अवेषणको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये सल्लान कुपिन्डेका २५ जना ११ देखि ६० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै सुर्खेत बराहतालकी ४ महिने बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणको क्रममा कपिलवस्तु शिवराजका ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा ८ जनाको कोरोना पोजेटिभ आएको छ । जसमध्ये बाँके नरैनापुरका २ जना २१ र २५ वर्षीय पुरुष, बाँके खजुराका ३० वर्षीय पुरुष, नेपालगञ्जका १६ देखि ४२ वर्ष उमेर समुहका ४ जना पुरुष र बाँके बैजनाथका १ जना ३५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै सप्तरी राजगढका १७ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ आएको छ । कैलाली भजनीका १ जना २३ वर्षीय पुरुष, कैलाली जानकी गाउँपालिकाका १ जना ३४ वर्षीय पुरुष, कैलाली त्रिनगरका ४७ वर्षीय पुरुष, बाजुरा अस्पतालमा रहेका २ वर्षीया बालिका र २३ वर्षीया युवती रहेकी छन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको कोरोना पोजेटिभ आएको छ । जसमध्ये ४ जना झापाका २३ देखी ३९ वर्षका पुरुषहरु र मोरङ विराटनगरकी १ जना ४५ वर्षीया महिला रहेकी छिन् ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ६४ जनाको कोरोना संक्रमण पोजेटिभ आएको छ । उनीहरु मध्ये धनुषाका २१ जना १९ देखि ४६ वर्ष उमेर समुहका पुरुषहरु, कपिलवस्तु महाराजगञ्जका ४ जना २५ देखी ४१ वर्षीय पुरुषहरु, रौतहट क्वारेन्टाइनमा रहेका २९ जना जसमा ४,९ र १२ वर्षका बालकहरुदेखी ५२ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै सर्लाहीका १० जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये एकजना १ वर्षीय बालक रहेका छन् भने अन्य १५ देखी ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

कति भयो परीक्षण ?
हालसमम पिसीआर विधीबाट ६९ हजार ५ सय ८२ वटा परीक्षण भएको छ । आरडिटी विधीबाट १ लाख ११ हजार १ सय ९ वटा परीक्षण भएको छ । त्यस्तै गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट २ हजार ८ सय ५३ जनाको जाँच गरीएको छ । त्यस्तै आरडीटि विधीबाट ४ हजार ५४ जनाको परीक्षण भएको छ ।

यस्तै आरडीटि विधीबाट पप्रेश १ मा ११ हजार ९ सय ३३ वटा परीक्षण गरिएको छ भने प्रदेश २ मा ६ हजार ९ सय ३३ जनाको परीक्षण गरिएको छ । वाग्मती प्रदेशमा २५ हजार ८ सय ८२ वटा परीक्षण गरिएको छ भने गण्डकी प्रदेशमा ८ हजार ७ सय ३५ वटा परीक्षण गरिएको छ । प्रदेश ५ मा २३ हजार ३ वटा परीक्षण गरिएको छ ।

कर्णाली प्रदेशमा १३ हजार २ सय ३ जनाको परीक्षण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा २१ हजार ८ सय २० जनाको परीक्षण गरिएको छ ।

कति छन् क्वारेन्टाईनमा ? 
कति छन् क्वारेन्टाईनमा हालसम्म नेपालका विभिन्न स्थानमा भएका क्वारेन्टाईनमा १ लाख १९ हजार १ सय ९२ जना बसेका छन् ।
प्रदेश १ मा ३ हजार ५ सय ३६ जना, प्रदेश२ मा १९ हजार ९ सय ८३ जना, वाग्मती प्रदेशमा २ हजार ४ सय २३ जना, गण्डकी प्रदेशमा ३ हजार ५ सय १४ जना, प्रदेश ५ मा ३५ हजार जना, कर्णाली प्रदेशमा १९ हजार ५ सय ८९ जना र सुदूरपश्चिम प्रदेशमा ३५ हजार १ सय ४७ जना क्वारेन्टाईनमा रहेका छन् । यसरी क्वारेन्टाईनमा बस्नेको संख्या १ लाख १९ हजार १ सय ९२ पुगेको छ ।

आईसोलेसनमा छन् कति छन् ? प्रादेशीक विवरण : 
देशभरका आईसोलेसनमा १ हजार ३ सय ४९ जना रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा १ सय ३५ जना, प्रदेश २ मा ५१९ जना, वाग्मती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा २० जना, प्रदेश ५ मा ५०९ जना, कर्णाली प्रदेशमा १२२ जना, सुदूरपश्चिम प्रदेशमा २० जना गरी कुल १ हजार ३ सय ४९ जना उपचाररत रहेका छन् ।

कति भए निको ?

हालसम्म २ सय २० जनाले कोरोना जितेका छन् । नेपालमा कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या २ सय २० पुगेको छ । आज मात्र थप १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । मकवानपुर हेटौंडाकी २५ वर्षिया महिला भरतपुर अस्पतालबाट उपचारपछि निको भएर घर फर्किएकी हुन् । हिजोमात्र थप १३ जना कोरोना उपचारपछि घर फर्किएका थिए ।

यस्तो छ  प्रादेशीक विवरण :  

प्रदेश १ मा : ३० जना
प्रदेश २ मा : १०४ जना
बाग्मती प्रदेशमा : २९ जना
गण्डकी प्रदेशमा : ३ जना
प्रदेश ५ मा : ४८ जना
सुदूरपश्चिम प्रदेशमा : ६ जना

सल्यानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सल्यानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार सल्यानमा आज भेटिएका संक्रमितहरु १ वर्षदेखि ६० वर्षसम्मका पुरुष रहेका छन् ।मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण

प्रदेश नम्बर–२ मा थप ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण पुष्टि हुनेमा धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० गरी ६० जना रहेको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बाजुरामा पहिलोपटक कोरोना संक्रमण पुष्टि
बाजुरामा पहिलोपटक आज ९आईतवार० ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बाजुराका ३जनामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

कोरोनाविरुद्धको औषधि विश्वलाई सबैभन्दा पहिला चीनले उपलब्ध गराउने
कोरोना भाइरसको महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् ।

डिसेम्बर ३१ सन् २०१९ मा चीनको वुहान शहरमा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

जो अहिलेसम्म आईपुग्दा विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यसैबीच जुन देशमा कोरोनाभाइरसको संक्रमण पहिलोपटक देखिएको थियो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिला कोरोना भाइरसविरुद्धको भ्इाक्सीन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले कोरोना भाइरसविरुद्धको पहिलो औषधि चीनले दिने सम्भावना व्यक्त गरेको छ ।

उक्त कमिशनले शनिवार एक सामाजिक सञ्जालको पोस्टमा चीनमा बनेको कोरोनाभाइरसविरुद्धको औषधि यस वर्षको अन्त्यसम्म वितरणका लागि बजारमा आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार पारेको यो औषधिको ट्रायल दुई हजार व्यक्तिमा गरिएको थियो ।

जसको जानकारी २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा जानकारी दिइएको थियो ।

उक्त पोस्टमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन यहि वर्षको अन्तिम सम्ममा वा अर्को वर्षको शुरुवातमा बजारमा पाइने बताइएको छ ।

कोरोना भाइरसविरुद्धको यो औषधिको ट्रायल अहिले दोश्रो चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?