कोरोनाविरुद्धको औषधि विश्वलाई सबैभन्दा पहिला चीनले उपलब्ध गराउने

काठमाडौं । कोरोना भाइरसको महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् ।

डिसेम्बर ३१ सन् २०१९ मा चीनको वुहान शहरमा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

जो अहिलेसम्म आईपुग्दा विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यसैबीच जुन देशमा कोरोनाभाइरसको संक्रमण पहिलोपटक देखिएको थियो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिला कोरोना भाइरसविरुद्धको भ्इाक्सीन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले कोरोना भाइरसविरुद्धको पहिलो औषधि चीनले दिने सम्भावना व्यक्त गरेको छ ।

उक्त कमिशनले शनिवार एक सामाजिक सञ्जालको पोस्टमा चीनमा बनेको कोरोनाभाइरसविरुद्धको औषधि यस वर्षको अन्त्यसम्म वितरणका लागि बजारमा आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार पारेको यो औषधिको ट्रायल दुई हजार व्यक्तिमा गरिएको थियो ।

जसको जानकारी २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा जानकारी दिइएको थियो ।

उक्त पोस्टमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन यहि वर्षको अन्तिम सम्ममा वा अर्को वर्षको शुरुवातमा बजारमा पाइने बताइएको छ ।

कोरोना भाइरसविरुद्धको यो औषधिको ट्रायल अहिले दोश्रो चरणमा छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?