तनहुँमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । तनहुँमा पहिलोपटक आज (आईतवार) १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले तनहुँको रिसिङका २८ वर्षीय एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार तनहुँमा आज भेटिएका संक्रमितहरु २८ वर्षका पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण पश्चात् स्वास्थ्योपचार पछि २२० जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

आज थप १ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षणको दायरा बढेसँगै नेपालमा संक्रमितहरुको संख्या पनि तीव्र गतिले बढी रहेको छ ।
शनिवार मात्रै पनि नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका थिए भने १९ जना निको भएर घर फर्किएका थिए ।

अहिलेसम्म नेपालको क्वारेन्टाइनमा रहेकाहरुको जम्मा संख्या १ लाख १९ हजार १९२ रहेको छ भने देशभरको आइसोलेसनमा रहनेको संख्या १ हजार ३४९ रहेको छ । नेवालको रेड जोनमा अहिलेसम्म ४७० जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

मन्त्रालयले भन्यो –  कोरोनाबाट नेपालमा थप २ को मृत्यु, मृतक संख्या ८ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?