पाईलटमा कोरोना संक्रमण थाहा भएपछि बीचबाटै फर्काइयो विमान, क्रू मेम्बर क्वारेन्टाईनमा

काठमाडौं – विमान उडाइरहेका पाईलटको कोरोना रिपोर्ट पोजेटिभ आएपछि के गरिन्छ होला ?

एकछिन सोच्नुहोस् त ।

अँ ! अब तपाई भन्नुहोला, ‘के हुनु गन्तव्यमा पुगेपछि पाईलटलाई सुरक्षित तरीकाले आईसोलेसनमा राखिन्छ।’

तर होईन ।

मस्कोमा रहेका भारतीय नागरिक लिन गएको विमानका पाईलटलाई कोरोना संक्रमण भएको पाईएपछि बिचबाटै फर्काइएको छ।

Ground Staff Realises Pilot COVID-19 Positive Mid-Flight, Delhi ...

एयर इंण्डियाको दिल्ली मस्को A-320 Neo (VT-EXR)  कल साईनको उक्त उडानको पाईलटमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त जहाजलाई समुद्र तटबाट फिर्ता बोलाएको हो ।

पाइलटलाई कोरोना भएको जानकारी भएसँगै उज्वेकिस्तान पुगिसकेको विमान त्यहीबाट फिर्ता बोलाइएको हो ।

उनको थाहा भएसँगै मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको हो ।

A passengers sips a drink in the food court.

कसरी भयो त्यस्तो ?
उडान अघि स्वास्थ्य जाँच गर्ने टोलीले क्रू मेम्बर र पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि उक्त विमानलाई उडान अनुमति दिइएको थियो । तर, पछि अर्का व्यक्तिले पुन चेक गर्दा गर्दा गल्तीले उनको रिपोर्ट नेगेटिभ भनिएको तर उनमा कोरोना संक्रमण रहेको थाहा भएको थियो ।

उडानका क्रममा उनी बिरामी परेपछि विमान फिर्ता बोलाइएको हो ।

सो विमान प्यासेन्जर लिनका लागि उडेका कारण त्यसमा यात्रु थिएनन् । सुरक्षित फिर्ता गराएर ल्याण्ड भएपछि विमानका क्रू मेम्बरलाई क्वारेन्टाईन राखिएको छ ।

अधिकारीहरूले ति यात्रु लिन अर्को हवाईजहाज पठाइएको विमानस्थलका अधिकारीलाई उदृद गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नागरिक उड्डयन (एभिएसन) महानिर्देशक र डिजीसिए ले यसो भएको स्विकार गरेका छन् । उनीहरुले यो घटनाबारे गहिरो अनुसन्धान गर्न आदेश दिएका छन् ।

भारतीय नागरिकलाई लिन उक्त विमान मस्को उडेको थियो ।

Delhi-Moscow AI flight returns after pilot found COVID-19 positive ...

उक्त विमान साढे १२ बजे दिल्ली पुगेको थियो। त्यसको साटो शनिबार नै अर्को विमान पठाइएको टाइम्स अफ इण्डियाले जनाएको छ।

यो पनि पढ्नुहोस् : 

‘जासुसी’ भनि पक्राउ गरीएको परेवा भारतले पाकिस्तानलाई फिर्ता गर्‍यो, खुट्टामा बाँधीएको ‘रिङले’ किसान तनावमा ! 

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?