काठमाडौं – जासुसी गर्न पाकिस्तानले पठाएको भनिएको परेवा फिर्ता गरिदिन अनुनयसहित पाकिस्तानका एक गाउँलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेपछि उक्र परेवा भारतले फिर्ता गरेको बुझिएको छ ।
भारतीय पक्षले उक्त परेवा कश्मीरको सीमापारि जासुसीका लागि पाकिस्तानबाट उडाइएको आशङ्का गरेर समातेर राखेको थियो । तर भारतको नियन्त्रणमा रहेको आफ्नो परेवा फिर्ता गरिदिन भारतीय प्रधानमन्त्रीलाई पाकिस्तानका एक गाउँलेले अनुरोध गरेका थिए ।
पाकिस्तानको सीमाबाट चार किलोमिटर परको एउटा गाउँमा बस्ने एक व्यक्तिले आफूले ईदको बेला उक्त परेवा उडाएको दाबी गरेका छन् ।
भारतीय प्रहरीले उक्त परेवाका दुवै खुट्टामा केही सङ्केत अङ्कित औँठी भएको र त्यसको अर्थ पत्ता लगाउन खोजिएको बताएको थियो ।
उक्त परेवा आफ्नो भएको दाबी गर्ने पाकिस्तानी गाउँलेले उक्त सङ्केत आफ्नो मोबाइल नम्बर भएको बताएको बिबिसीले जनाएको छ ।
बग्गा गाउँका बासिन्दाले पाल्तु परेवा पक्राउको विषयलाई लिएर विरोध गर्दै सीमा क्षेत्रमा दिल्लीको विरोधमा नाराबाजी समेत गरेका छन् । 
पाकिस्तानको डन पत्रिकाले ती व्यक्तिको नाम हबिबुल्लाह भएको र उनले एक दर्जन परेवा पालेको जनाएको छ ।
हबिबुल्लाहले आफ्नो परेवा ‘शान्तिको प्रतीक’ भएको र भारतले त्यसलाई दुख दिनु नहुने बताएका थिए ।
सोमवार भारतप्रशासित कश्मीरका गाउँलेहरूले उक्त परेवा समातेर प्रहरीलाई बुझाएका थिए ।
पाकिस्तानबाट उडेर आएको परेवा भारतीय पक्षले समातेको यो पहिलो पटक होईन ।
यसपटक पनि परेवाको खुट्टामा धातुको रिङ पनि बाँधिएको कारण यसबारे अनुसन्धान हुने भारतिय पक्षले जनाएको थियो ।

भारत र पाकिस्तानको सीमाबाट चार किलोमिटर परको एउटा गाउँबाट आहाराका लागि परेवा उडेर गएको तर कुनै जासुसी नभएको पाकिस्तानी किसानको भनाई छ । भारतले अनुसन्धान गर्ने अड्डी लिएको छ ।
परेवा पाल्ने उनले भारतीय प्रधानमन्त्रीलाई अनुरोध गर्दै शुक्रबार मिडियामार्फत् थिए, “म भारतीय प्रधानमन्त्रीलाई अपील गर्छु कि मेरो निर्दोष पन्छी फिर्ता पठाउनुहोस् जुन आगामी प्रतियोगिताको प्रशिक्षण सत्रको तयारीका क्रममा सीमा पार गरेको हो । यसमा अन्यथा केही छैन ।”
‘पाकिस्तानमा एउटा यस्तो खेल हुन्छ । जहाँ परेवा उडाईन्छ । आफ्नो परेवा चिन्नको लागि निको खुट्टामा केहि चिन्ह लगाउनुपर्ने हुन्छ । यो निर्दोष पन्छि प्रशिक्षणकै क्रममा त्यो एरियामा गएको हो । सकुशल फिर्ता पठाईदिनुहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया