कुखुराले पार्यो हरियो रङको अण्डा, वैज्ञानिक पनि चकित

काठमाडौं । अहिलेसम्म तपाईले कुखुराले सेतो रङको अण्डा मात्र दिएको देख्नु भएको होला ।

तर कोरोनाको यो महामारीका बेला कुखुराले हरियो रङको अण्डा दिन थालेपछि सबै अचम्मित बनेका छन् ।

भारतको केरलस्थित मल्लापुरममा यस्तो घटना भएको हो । त्यहाँको एक फार्ममा रहेका कुखुरा हरियो अण्डा दिएका थिए ।

मानिसहरु अहिले उक्त अण्डा किन्न डराईरहका छन् । वैज्ञानिकहरु पनि त्यसमाथि अनुसन्धान गरिरहेका छन् ।

त्यहाँ रहेका ७ वटा कुखुराले अचानक हरियो अण्डा दिन थालेपछि सबै त्रस्त बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?