कोरोनालाई जितेकी वृद्धाले वियरको घुट्कीबाट गरिन् ‘सेलीब्रेट’

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । कोरोना भाइरसको चपेटामा १ महिने बालक देखि एक सय वर्ष भन्दा माथिका व्यक्तिहरु छन् । तर महामारीले धेरैजसो वृद्धवृद्धालाई आफ्नो शिकार बनाइरहेको छ ।

यसैबीच १०३ वर्षकी एक वृद्धा महिलाले कोरोनालाई हराएकी छन् । ज्यानी स्टेजना नामकी ति महिला म्यासाचुसेट्सकी हुन् ।

उनी संक्रमित भएर उपचार पछि निको भएकी छन् । उनकी नातिनी शैली गनका अनुसार उनलाई खोकी लागेको थियो ।

त्यसपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । तर उनले आफ्नो इच्छा शक्तिले कोरोनालाई हराउन थालिन् ।

उनी करिव तीन हप्ताप हिला अस्पतालमा भर्ना भएकी थिइन् । तर उनले १३ मेमा कोरोनालाई हराउन सफल भइन् ।

उनले कोरोनालाई हराएर घर पुगेपछि कोरोना जितेको उपलक्ष्यमा वियरको घुट्की लगाएर सेलिब्रेट गरेको उनकी नातिनीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएकी छन् ।  

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् )

उनका श्रीमानको मृत्यु सन् १९९२ मा भएको थियो ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५ हजार ५५७ जनाको मृत्यु भईसकेको छ भने १८ लाख १६ हजार ८९७ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?