लकडाउन : सलमानले भित्राए दुलही, कुनै फिल्म भन्दा कम छैन ‘लभ स्टोरी’

काठमाडौं । अहिले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विश्वका अधिकांश देशहरुले पुरा देश लकडाउन गरेका छन् ।

यो बेलामा मानिसहरु जागिर नपाएपछि र बसहरु पनि नचलेपछि हिँडेरै घर गईरहेका छन् । तर यो समय कसैका लागि दुख भएपनि कसैका लागि अविस्मरणीय क्षण बन्न पुगेको छ । भारतको बिहारमा पनि त्यस्तै एउटा घरना भएको छ ।

सीतामढीमा बस्ने सलमानले लकडाउनमा घर जानको लागि यातायात नपाएपछि पैदल जाने निश्चय गरे ।

उनको यात्रा भन्नैपर्दा एउटा फिल्मको भन्दा कम छैन । उनको एकल यात्रामा निस्कएका थिए । तर बाटोमा उनले मायाँ पिरती कसे र जीवन संगीनी बनाए ।

यसरी शुरु भयो मायाँ प्रेमको कहानी

सलमान आफ्नो परिवारको साथमा १८ मेमा दिल्लीबाट बिहार जान हिँडेका थिए । हरियाणाको पलवल र बल्लबगढकोबीचमा उनले थकाई मारे ।

त्यहाँ सबै परिवार पनि साथमा थियो । त्यहि बेला सलमानका पिताका एक साथी भेटिए । उनी पनि बिहार नै गईरहेका थिए ।

उनी पनि आफ्ना परिवारसँगै थिए । उनीहरु एकसाथ भएर बिहारका लागि प्रस्थान गरे । यसबीचमा दुबै परिवारको भेटघाट र चिनजान राम्रैस्ँग भयो ।

के तपाई मलाई ताजमहल देखाउनु हुन्छ ?

उनीहरु जाने क्रममा आगरा पुगिसकेका थिए । त्यहाँ शहनाज र सलमानको बीचमा कुराकानी शुरु भयो ।

शहनाजले सलमानसँग सोधिन्, यो कुन शहर हो ? । त्यसको उत्तरमा सलमानले ताजमहलको शहर भएको बताए ।

त्यसपछि शहनाजले भनिन् के तपाई मलाई ताजमहल देखाउनु हुन्छ ? त्यसपछि उनीहरुले एकअर्कामा सोच मिल्ने कुरा महशुस गरे ।

दुबै परिवारलाई थाहा भयो !

यसबीचमा उनीहरुको मायाँ बस्दै गएको कुरा दुबै परिवारलाई थाहा भयो । त्यसपछि परिवारले एकआपसमा कुरा गरे र उनीहरुको जोडी बाँधिदिने निश्चय गरे ।

जब परिवार गोरखपुर पुगे तब शहनाज र सलमानले केहि कुरा गरे । परिवारले शंका गरेको जस्तो लागेपछि उनीहरु फरक फरक समयमा यात्रा गर्ने सोच्न थाले ।

उनीहरुको एकअर्काबाट टाढा  हुने बारे थाहा पाएपछिअनुहार नै बिग्रिएको परिवारले थाहा पाए । त्यसपछि सलमानले म शहनाजलाई पनि घर लिएर जान्छु भनेर जिद्दी गर्न थाले ।

त्यसपछि दुबै परिवारले लामो कुराकानी गरे र सहमति जनाए । त्यसपछि सलमानले शहनाजलाई श्रीमती बनाएर घर भित्राए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?