गुडिरहेको कार फोरेर भित्र पस्यो कछुवा (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ । अहिले पनि एक भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा एक कछुवाले कारको सिसा फोरेर भित्र पसेको देखिन्छ । यो भिडियो जर्जियाको रहेको बताइएको छ ।

त्यहाँ बस्नेवाली ल्याटोना लार्क नामकी एक महिलाले आफ्नो फेसबुकमा उक्त भिडियो शेयर गरेकी छन् ।

उनले लेखेकी छन्, म र मेरो भाई जर्जियाको सवानाबाट ट्रुम्यान पार्क तिर जाँदै थियौँ ।त्यहि बेला अचानक हाम्रो कारको विन्डशिल्डमाएक कछुवा उड्दै आयो र सिसा फोरेर भित्र पस्यो ।

जसका कारण हाम्रो कारको ब्यालेन्स मिलेन जसका कारण एक्सीडेन्ट हुनपुग्यो । जसका कारण म र मेरो भाइको शिरमा चोट लाग्यो ।

भिडियो हेरिसकेपछि कछुवा कसरी उड्न सक्छ भन्दै सबै अचम्मित बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?