काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या २०६ पुगेको छ । शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १९ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको जानकारी दिएको हो ।
कोरोना निको हुनेमा पुरुष १६२ र महिला ४४ जना रहेका छन् ।
प्रादेशिक विवरण :
प्रदेश नं १ : ३० जना
प्रदेश नं २ : १०२ जना
वागमती प्रदेश : २० जना
गण्डकी प्रदेश : २ जना
प्रदेश नं ५ : ४७ जना
सुदूरपश्चिम प्रदेश : ५ जना
आज डिस्चार्ज हुनेमा २ जना टेकु, ७ जना पाटन, २ जना बलम्बुको कोभिड अस्पताल र बा६ २ र ८ जना दाङको बेलझुण्डीको आइसोलेसनमा रहेकाहरु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा एकैपटक १७० जनालाई कोरोना संक्रमण

नेपालमा आज शुक्रबार थप १७० जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
आज थपिएका संक्रमित कहाँका हुन् ?

प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले जानकारी दिए । यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।
यो पनि पढ्नुहोस् : नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ६ पुग्यो
नेपालमा कोरोना : थप १ जनाको मृत्यु, एकैदिन थपिए १७० जना (विवरणसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया