नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ६ पुग्यो

काठमाडौं । नेपालमा कोेरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ ।

गत जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

भूमीका स्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षका पुरुषको गएराती मृत्यु भएको हो । भारतमा काम गर्दै आएका उनी गत जेठ १० गते नेपाल प्रवेश गरेपछि जेठ ११ गते उनको स्याम्पल परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?