लकडाउनले ल्याईदियो यति धेरै खुशी, डाँको छोडर रुन थालिन् उर्मिला !

काठमाडौं । कोरोना भाइरस फैलिनबाट रोक्नका लागि विश्वका अधिकांश देशहरुले लामो समयदेखि पूरा देश लकडाउन गरेका छन् ।

लकडाउनका कारण धेरै मानिसहरु घरमै थुनिएर बस्नुपर्दा वाक्कदिक्क भएका छन् । तर केहि मानिसहरु भने लकडाउनमा यति धेरै खुशी भएका छन् कि, त्यसको बारेमा भन्नै सकिँदैन । यस्तै एउटा घटना भारतको पश्चिम बंगालमा देखिएको छ ।

जहाँ २१ वर्ष पहिला घर छोडेर निस्किएका एक श्रीमानलाई श्रीमतीले फेला पारेकी छन् । त्यो पनि क्वारेन्टाइन सेन्टरमा ।

पश्चिम बंगालको आसनसोलको नर्सिङ बान्ध क्षेत्रमा बस्ने वर्ष ४२ की उर्मिला देवीका लागि लकडाउन खुशी लिएर आएको छ ।

२१ वर्ष पहिला उनका श्रीमान साँझको बेलामा घुम्न जाने भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनी घर फर्किएका थिएनन् ।

उर्मिलाले श्रीमानलाई धेरै खोजेपनि फेला पार्न सकिनन् । तर लकडाउनमा उनीहरु एकै क्वारेन्टाइनमा बस्ने बेला भेटिए ।

उनका पति सुरेस प्रसाद र उर्मिलाले एकअर्कालाई देखेपछि कुराकानी गरे । उर्मिलाले श्रीमानसँग २१ वर्षपछि भेट्दा आँशु रोक्न सकिनन् र डाको छोडेर रुन थालिन् ।

उनका श्रमिान रिक्सा चलाउँथे । उनीहरुका २ छोरा र २ छोरीहरु छन् । लकडाउनमा अचानक भएको यो चमत्कारले आफ्नो जीवन नै बद्लिएको उर्मिला बताउँछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?