कोरोनाको उपचारमा खटिएकै अस्पतालमा गरे डाक्टर र नर्सले विवाह

काठमाडौं । कोरोना भाइरसले सारा विश्वलाई तहसनहस बनाएको छ । अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु अहिले ठप्प छन् ।

यस्तो बेलामा अधिकांशले विवाह सारेका छन् । तर यी सबैका बीच एउटा यस्तो खबर सार्वजनिक भएको छ त्यसले तपाईको अनुहारमा पनि मुश्कान आउँछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरुको नाम ज्यान टिपिंग र अनालन नवरात्नम रहेको छ ।

उनीहरु एकअर्कालाई वर्षौंदेखि डेट गर्दै आएका थिए । त्यसैले उनीहरुले अस्पतालमै विवाह गरेका छन् ।

उनीहरुले लण्डनको सेन्ट थोमस अस्पतालमा विवाह गरेका हुन् । विवाहको बेला उनीहरुको परिवारले भिडियोको माध्यमबाट विवाहमा सहभागी बनेका थिए ।

अस्पतालले उनीहरुको फोटो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?