कोरोनाबाट मृत्यु भएपछि रातभरि रुवाबासी, फेरी बिहान भयो यस्तो अचम्म !

काठमाडौं । कोरोनाको बढ्दो प्रकोपका कारण विश्वमा लाखौँ मानिसहरु मृत्यु भईसकेको छ । यसैबीच भारतको उत्तर प्रदेशमा एउटा अचम्मको खबर सार्वजनिक भएको छ । यो घटना भारतको उत्तर प्रदेशको हो ।

त्यहाँको एक अस्पतालले एक कोरोना पोजेटिभ युवकको मृत्यु भएको भन्दै गलत सूचना उनको परिवारलाई दियो ।

उक्त सूचना पाउनासाथ परिवार शवलाई लिएर अन्तिम संस्कारका लागि बाटो लागे । उनीहरु रातभार रोए ।

उनका आमाबुवा रातभरि नै आफ्नो छोराको मृत्यु भएकोमा रोएर बसे । तर जब विहान मृतकको अनुहार हेरे तब सबै चकित बने ।

किनभने उक्त शव उनीहरुको छोराको नभई अन्य कसैको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार महुली क्षेत्रको मथरापुरमा बस्ने २८ वर्षीय युवक आफ्नो २२ वर्षीय भाईसँग मुम्बईमा बस्दथे । उनीहरु केहि दिन पहिला मात्र गाउँ फर्किएका थिए ।

जसका कारण उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । परीक्षणमा क्रममा दाजुलाई कोरोना पोजेटिभ भएको पाइयो ।

त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । तर सोमवार राती पुलिसले परिवारलाई छोराको मृत्यु भएको जानकारी दियो ।

त्यसपछि परिवारले शव घर लिएर गएका थिए । उक्त घटनाक्रम पछि स्वास्थ्य विभागले कन्फ्यूजनको कारण यस्तो भएको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?