कोरोनाबाट ३ महिना पहिला भयो मालिकको मृत्यु, अस्पतालमा अझै कुरिरहेको छ कुकुर…

काठमाडौं । कुकुरलाई बफादारको रुपमा घरमा पाल्ने गरिन्छ ।

यसको उदाहरण कोरोनाका कारण ३ महिना पहिला मालिकको मृत्यु हुँदा पनि अस्पताल बाहिर ३ महिनासम्म कुरेर बसीरहेको कुकुरबाट हामीले सहजै अनुमान गर्न सक्छौँ । यो घटना चीनको हुबेई प्रान्तको हो ।

जहाँ अस्पतालको बाहिर कुकुर मालिक आउने आशमा घुमिरह्यो । आज भन्दा तीन महिना पहिला उक्त कुकुरको मालिकको मृत्यु भयो ।

तर मालिक आउने आशमा कुकुर तीन महिनासम्म पनि अस्पतालको चौरमा बसीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अस्पतालका अनुसार कुकुरको नाम जिआ बाओ रहेको छ । ७ वर्षको उक्त कुकुर अहिलेसम्म पनि मालिकको पर्खाईमा रहेको छ । उसलाई आफ्नो मालिक फर्किने अझै आश छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?