हरायो मानवीयता ! कुकुरको मुख र खुट्टा बाँधेर पोखरीमा (भिडियोसहित)

काठमाडौं । जनावरहरुको साथमा यस्तो हर्कत गरिरहेको देख्दा हामी सहजै अनुमान लगाउन सक्छौँ की, मानवीयता हराईसक्यो ।

यस्तो घीनलाग्दो हर्कतको एक भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ । भिडियो देखेपछि सबैको रगत तातेर आउँछ ।

किनभने त्यस्तो हर्कत गर्नेहरुलाई कारवाही होस् भन्ने हामी सबैले सोच्दछौँ ।

४५ सेकेण्डको यो भिडियोमा दुई जना युवकले कुकुरको मुख र खुट्टा बाँधेर निर्ममतापूर्वक पोखरीमा कुकुरलाई फालिरहेको देख्न सकिन्छ ।

पौडिन नसकेपछि कुकुर तलाउमा तड्पिएका मर्छ । र पनि उक्त दुई युवक ढुंगाले कुकुरलाइर्ए हिर्काउन छोड्दैनन् ।

मानिसहरुले भिडियो हेरेपछि आक्रोश पोखिरहेका छन् ।

यो भिडियो भारतको रहेको बताइएको छ । त्यसैले पेटा इण्डिया र साइबर सिक्योरेटी भिडियो बनाउने मानिसहरु र अपराधीहरु खोज्न लागिपरेका छन् ।

एजेन्सीको सहयोगमा

https://youtu.be/zKcrKQZawNw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?