रोचक तर मार्मीक: मस्तिष्कको अप्रेसन गर्दा बिरामीले यसरी बजाए मादल

काठमाडौं । सल्यानमा खड्गबहादुर बुढा लामो समयदेखि बाद्यबादकको काम गर्दै आएका छन् ।

उमेरले ५० काटिसकेका उनको स्नायु प्रणालीसम्बन्धी रोगको अर्थात मष्तिष्कको अपरेशन गरिएको छ । डिस्टोनिया नामको सो रोगको अपरेशन काठमाडौंको एक अस्पतालका डा बसन्त पन्तको नेतृत्वमा भएको हो ।

शल्यक्रियाको क्रममा बुढाले आफैँले मादल बजाउँदै चिकित्सकलाई आफ्नो उपचारमा सघाएका थिए।

सार्वजनिक एक भिडियोमा बुढाले शल्यक्रिया हुँदै गर्दा मादल बजाइरहेका छन् । पन्त भन्छन्, ‘उहाँमा मादल बजाउन गाह्रो हुने भएकाले र त्यसैलाई करेक्सन गर्नुपर्ने भएकाले अपरेशनको बेलामा उहाँलाई मादल बजाउँदै हामीले काम गर्यौं । हामीले चाहिँ कति पावर दिइरहेको छ भन्ने कुुरा मादल बजाउने प्रोसेसबाटै अपरेशनको दौरानमा हामीले कन्फर्म गर्छौ ।’

उपचारपछि हाल निको भइसकेका बिरामीले आफ्नो अनुभव सुनाउँदै भने, ‘अपरेशनका क्रममा अलिकती डर त लागेको थियो । पछि बजाउँदा बजाउँदै सजिलो भयो । म एकमद खुसी छु ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?